सवारी साधनमा प्रदूषणको मापदण्ड अनिवार्य पूरा गर्न निर्देशन

'मापदण्ड विपरीतका गाडीलाई एक लाख रूपैयाँसम्म जरिबाना'

काठमाडाैँ- सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । वातावरण विभागले आज सूचना निकालेर गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको हो ।

उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय भएकोले अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउने समेत जनाएको छ ।

अहिले धुवाँ परीक्षण गर्दा मापदण्ड भन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्ने विभागले चेतावनी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार