संसदलाई सर्वोच्चको प्रश्न : कुन कानुनअनुसार महाभियोग निष्प्रभावी भएको हो ?

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले संसदलाई निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुन संवैधानिक र कानुनी व्यवस्था अनुसार महाभियोग निष्प्रभावी भएको पत्र दिइएको हो भनेर जानकारी माग गरेको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र दिए लगतै बुधबार सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बसेको थियो । बैठकले पत्रमा केही प्रष्ट हुनुपर्ने भनेपछि सर्वोच्चले संघीय संसदका महासचिवलाई पत्र लेखेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार