जबरालाई संसद सचिवालयले दिएको पत्रमा के छ ? (पत्रसहित)

काठमाडौं – संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको छ।

जबराले महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी पाउँ भनेर माग गर्दै मंगलबार निवेदन दिएपछि सोही बमोजिम बुधबार पत्र पठाइएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले पुरानो संसदको कार्यकाल सकिएर संसदमा नयाँ सदस्य निर्वाचित भएसँगै महाभियोग प्रस्ताव निष्क्रिय भएको उल्लेख गर्दै पत्र पठाएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार