महाकालीमा संरचना बनाएकोमा नेपालले भारतलाई पठायो कूटनीतिक नोट

काठमाडौँ – महाकाली नदीको बहाव नेपालतिर धकेलेर संरचना निर्माण गरिएको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासलाई परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो ।

परराष्ट्रले भारतलाई पठाएको कूटनीतिक नोटमा नेपालको सहमतिबिना संरचना निर्माण गरिएको र यसबाट नेपालतर्फ क्षति पुगेको उल्लेख गरिएको छ । नोटमा सीमा क्षेत्रमा संरचना बनाउनुपरेको खण्डमा दुबै मुलुकको सहमति र समन्वय हुनपर्ने समेत उल्लेख छ ।

यसका साथै, सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार