मलाई मुख्यमन्त्री बनाएर काम छैन : दीपक मनाङे

काठमाडौँ – मनाङ प्रदेश सभा (ख)बाट निर्वाचित सासंद राजीव गुरूङ (दीपक मनाङे)ले आफूलाई मुख्यमन्त्री बनाएर काम नभएको बताएका छन्।

सोमबारमात्रै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पत्रकार सम्मेलनमार्फत् आफूलाई मुख्यमन्त्री बनाएर पनि काम नभएको बताएका छन्।

उनलाई एक पत्रकारले मुख्यमन्त्री बन्नलाई पार्टी प्रवेश गर्नुभएको होरु भन्ने प्रश्न गरेका थिए। त्यसको जवाफमा उनले भने, ‘अब हेर्नुस्, मुख्यमन्त्री दियो भने पनि मलाई काम छैन। त्यसको लागि अनुभव चाहिन्छ। त्यसको अनुभव मसँग छैन पनि।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार