देउवापछि शशांकले भेट रामचन्द्र पौडेललाई

काठमाडौँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र शशांक कोइरालाबीच भेटवार्ता भएको छ । मंगलबार बिहान पौडेल महाराजगञ्जस्थित कोइराला निवास पुगेका थिए ।

प्रत्यक्षतर्फको निर्वाचन परिणाम आइसकेको र पार्टीभित्र संसदीय दलको नेता चयनका विषयमा बहस चलिरहेका बेला पौडेल र कोइरालाबीच भेटवार्ता भएको हो । चुनाव जितेर आएका दुई नेताबीच बधाई साँटासाट भएको बताइएको छ ।

नेताहरूबीच समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो । दुवै नेता पार्टीको संसदीय दलको नेताका आकांक्षी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार