मेलिनाको गीत ‘तिमी र म’ सार्वजनिक

काठमाडौं । गायिका मेलिना राई र सुरेन बिसीको स्वर रहेको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । स्याड भर्सनमा तयार गीतमा शब्द तथा संगीत गायक बिसीको सुन्न सकिन्छ । गीतको एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन् ।

गीतको भिडियोमा उषा उप्रेती र सुजन खतिवडाको अभिनय देख्न सकिन्छ । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा प्रेम पिडा देखाउन खोजिएको छ ।

भारत रेग्मीको सम्पादन, निसल पौडेलको छायांकन रहेका दर्शक स्रोताले रुचाउनेमा आफू विस्वस्त रहेको गायिका मेलिना राईले बताइन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार