सत्ता गठबन्धनको बैठकमा गगन थापा किन आएनन् ?

काठमाडौँ – सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपालका साथै कांग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, जनमोर्चाका सचिव हिमलाल पुरी लगाएत नेताहरु सहभागी थियो । तर बैठकमा कांग्रेस महामन्त्री गगन थापा भने सहभागी थिएनन् । उनलाई कांग्रेसले नै बैठकमा बोलाएन ।स्रोतका अनुसार सभापति देउवाको अनिच्छाका कारण उनलाई नबोलाइएको हो ।

निर्वाचनअघि गठबन्धनको सिट बाँडफाँड कार्यदलमा महामन्त्री थापा सहभागी थिए । गठबन्धनको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । गगननिकट स्रोतले पनि बैठकबारे कुनै जानकारी नगराइएको बतायो । थापाले संसदीय दलको नेता बन्ने तयारी थालेपछि सभापति देउवा सकारात्मक नरहेको नेताहरूको बुझाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार