बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ का ४४ वर्षीय चानषबहादुर गिरीलाई आइतबार काठमाडौंस्थित सुकेधाराबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

५ लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसुरमा गत साउन २६ गते पाटन उच्च अदालतबाट अनुमति लिई प्रहरीले खोजिरहेकोमा आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेलगत्तै आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार