विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

काठमाडाैँ – घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको तीनवटा मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले मङ्सिर १९ गते सर्वोच्चमा पुनरावेदन गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् ।

विशेष अदालतले घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा हुकुमबहादुर ओलीविरुद्ध ९६ हजार ३ सय रुपैयाँ बिगो कायम गरी सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, अदालतले प्रतिवादीलाई सफाइ दिएको आयोगले जनाएको छ । आयोगले प्रतिवादी र निवेदकबीच भएको अडियो कुराकानीसहित घुस रकम रंगेहात बरामदसमेत गरेको जानकारी दिएको छ ।

त्यस्तै, विशेष अदालतले सफाइ दिएको शिवशंकर महतोको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको छ । महतोविरुद्ध १० हजार हजार बिगो कायम गरी आयोगले मुद्दा दायर गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार