टिपरको ठक्करबाट दुई पैदल यात्री घाइते

काठमाडौं – उदयपुरको कटारी नगरपालिका ४ खसी बजारमा टिपरको ठक्करबाट २ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ४० वर्षीया कल्पना कार्की र ६० वर्षीय हेमबहादुर पौडेल रहेका प्रहरीले जनाएको छ।

घाइतेमध्ये कार्कीलाई उपचारको लागि काठमाडौं ल्याइएको छ भने पौडेल स्थानीय अस्पतालमा उपचारपछि डिश्चार्ज भएका छन्।खोटाङबाट कटारी आउँदै गरेको ना ७ ख १०८५ नम्बरको टिपरले पैदल हिँडिरहेका २ जनालाई ठक्कर दिएको थियो। टिपरसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार