देशभर चिसाे बढ्याे, सावधानी अपनाउन सुझाव

काठमाडौं – प्रदेश १ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसमविद् वरुण पौडेलका अनुसार सामेबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने मौसमविद् पौडेलले जानकारी दिए। उनका अनुसार मौसममा प्रभाव पर्ने कुनै पनि प्रणाली नरहेकाले पारिलो घाम लाग्नेछ।

बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार