दार्चुलाको सीमा पुल भारतीय पक्षले गर्‍यो बन्द

दार्चुला – दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रुपमा भारतले बन्द गरेको छ।

सोमबार बिहानैदेखि पुल बन्द गरिएपनि नेपाली पक्षलाई भने जानकारी दिइएको छैन। पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा छन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने भारतीय पक्षबाट पुल बन्द गरेको बारेमा आफूहरुलाई कुनै जानकारी नआएको बताए।

नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको तर भारतीय पक्षबाट सीमा पुल बन्द गरेको जानकारी नआएको उनको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार