ट्र्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं – रूपन्देहीको सैनामैना नगरपालिका २ रिङरोडमा ट्र्याक्टरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सैनामैना नगरपालिका ४ झारबैराका ६० वर्षीय ठगे थारुको मृत्यु भएको हो।

तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा हिजो साँझ ६ बजे थारुको मृत्यु भएको हो। लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले ठक्कर दिएको थियो। ट्र्याक्टरचालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार