इरानमा महिलालाई हिजाब लगाउन बाध्य पार्ने नैतिकता प्रहरी एकाइ खारेज

हिजाब नलगाएको आरोपमा पक्राउ परेकी एक युवतीको मृत्युसँगै देशव्यापी फैलिएको दुई महिना लामो प्रदर्शनपछि इरानले अन्ततः आफ्नो नैतिकता प्रहरी एकाइहरू खारेज गरेको एक शीर्ष न्यायिक अधिकारीले जानकारी दिएका छन् ।

हिजावसम्बन्धी नियम उल्लंघन गरेको भन्दै नैतिकतासम्बन्धी प्रहरीले सेप्टेम्बरको मध्यमा महसा अमिनिलाई पक्राउ गरेको थियो । उनको हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युको विरोधमा भएका प्रदर्शनमा मात्र ३०० जनाभन्दा बढीको मृत्यु भएको छ । प्रहरीले हजारौँलाई पक्राउ गरेको छ । पक्राउ परेका सयौँविरुद्ध सरकारले मुद्दा लगाएको छ ।

नैतिकता प्रहरी इकाइहरू खारेज गर्न विपक्षी दलहरूको तीव्र दबाबबीच सरकारको पछिल्लो निर्णय आएको हो । उनीहरुले नैतिकतासम्बन्धी प्रहरीका गतिविधि नियन्त्रण गर्न पनि माग गरेका थिए ।

‘नैतिकता पुलिसको न्यायपालिकासँग कुनै सरोकार छैन र यसलाई खारेज गरिएको छ’, एक धार्मिक सम्मेलनमा ‘नैतिकता प्रहरीलाई किन बन्द गरिँदै छ ?’ भन्ने एक सहभागीको प्रश्नको जवाफ दिँदै महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्ताजेरीले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार