दोलखा प्रदेश १ मा कांग्रेसका काफ्ले विजयी

दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन् । काफ्ले आइतबार निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरी विजयी भएका हुन् ।

काफ्लेले २२ हजार ७९७ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १४ हजार ७५५ मत प्राप्त गरेका छन् । काफ्लेले निकटतम प्रतिद्वन्द्वी श्रेष्ठलाई ८ हजार ४२ मतान्तरले पराजित गरेका छन् ।

दोलखाको प्रदेशसभा २ मा यसअघि एमालेका भरतबहादुर केसी विजयी भैसकेका छन् । जिल्लामा प्रतिनिधिसभातर्फको मतगणना भने अहिले जारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार