माधव नेपाल र घनश्याम भुसालबिच भेटवार्ता

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपाललाई भेटेका हुन् । मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनले एमाले त्याग्दै सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट उम्मेदवारी दिएका थिए । तर, उनी पराजित भएका थिए ।

चुनावी परिणाम सार्वजनिक भएलगत्तै अध्यक्ष नेपाललाई भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपाल स्रोतका अनुसार दुई नेताबीच भावी राजनीतिक यात्राबारे कुराकानी भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार