नेशनल लाईफ इन्स्योरेन्सको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।  सभामा अध्यक्षले विगतमा कोभिड १९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशा तर्फ गएको बताइन । नियामक निकायले लिएको विभिन्न कदमहरूका कारणले आ.व.२०७७÷०७८ मा बीमाको पहुँचमा उल्लेखनीय वृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरूका कारणले गर्दा बिमा बजार आउने दिनहरूमा थप फस्टाउने आशा ब्यक्त गरेकी छन् । लामो समय पश्चात् बिमा ऐन २०७९ लागू भएकोमा अध्यक्षले खुसी ब्यक्त गर्दै यसबाट नियामक निकायलाई बिमा क्षेत्र थप नियमन गर्न सहज हुने र बिमा क्षेत्र थप व्यवस्थित भई बीमाको पहुँचमा अझ वृद्धि हुने बताइन ।

आ.व.२०७७÷०७८ मा कम्पनीको सबै वित्तीय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले वृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ । जीवन बिमा कोष २५.६३ प्रतिशतले वृद्धि भई रु.४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले वृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ.व.२०७७÷०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ ।

कम्पनीले नेपालगन्ज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य सुरु गरेको छ र कम्पनीको अन्य शाखाहरूमा पनि यो प्रक्रिया सुरु गरिने छ । कम्पनीले आफ्नो अधिकर्ता सञ्जाललाई थप व्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । यसै गरी कम्पनीको आ.व.२०७७÷०७८ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामयकी निकायको निर्देशन अनुसार पर्याप्त

फ्युचर बोनस प्रभोजिंग गरेर बीमितहरुलाई दिई आएको बोनस दरमा यथावत् निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।

कम्पनीले व्यवसायी लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बिचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैर सरकारी संस्था एक एक पाइलालाई सिन्धुपाल्चोक जिल्लामा सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न ३ वर्षको लागि वित्तीय सहयोग उपलब्ध गराउन समझदारी गरेको छ ।

३४ औँ वार्षिक साधारण सभाले आ.व. २०७७÷०७८ को लागि चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर जारी गर्ने र सो बोनस शेयर बापतको कर प्रयोजनको लागि रु.३,१८,५६,५१२र( नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले यही २०७९ साल चैत्र मसान्त सम्म जीवन बिमा कम्पनीको चुक्ता पुँजी रु.५ अरब पु¥याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा हालको पारित भएको बोनस शेयर लाभांशबाट कम्पनीको चुक्ता पुँजी रु.४,६४,०४,३१,८७५र( पुगेको छ र बाँकी रहने चुक्ता पुँजी आगामी दिनमा तोकिएको समय भित्र सहज रूपमा पुग्ने स्थिति छ ।

सभामा अध्यक्षले आउने दिनहरूमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमकको रूपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रणी भूमिका निर्वाह गरिरहने विश्वास ब्यक्त गर्नु भयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार