समानुपातिकतर्फ एक करोड चार लाख मत गनियो, कसकाे कति ?

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख २० हजार १२५ मत गणना भएको छ ।  हालसम्मको विवरणअनुसार नेकपा (एमाले) ले २७ लाख ८८ हजार ३५६, नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६२ हजार १२४ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६, जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत प्राप्त गरेको छ । कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रबन्ध छ ।

नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार ३६२, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६ हजार २८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५७, हाम्रो नेपाली पार्टीले ५५ हजार ६१८, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार ८१८ र राष्ट्रिय जनमोर्चाले ४६ हजार ३८२ मत प्राप्त गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार