३ हजार ४४० मतले अघि लागे धनराज, पद्माको कति ?

प्रतिनिधिसभातर्फ स्याङ्जा २ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले अग्रता लिइरहेका छन् ।

गुरुङले २५ हजार ६५३ मत ल्याउँदा एमालेकी उमेदवार पद्मा अर्यालले २२ हजार २१३ मतसहित पछ्याइरहेकी छन् । उनीहरुबीच ३ हजार ४४० मतको अन्तर छ ।

तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ७ हजार ६१० मत ल्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार