‘बुथ क्याप्चर’ भनिएको स्याङ्जा चापाकोट-३ को यस्तो छ मतपरिणाम

प्रतिनिधिसभातर्फ स्याङ्जा २ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले अग्रता लिइरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार चापाकोट नगरपालिकाका-३ को मत गणना भर्खरै सकिएको छ । जुन क्षेत्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले पुन मतदानको माग गरेको थियो । तर, निर्वाचन आयोगले पुनस् मतदान नगर्ने निर्णय गरेको थियो ।

सो वडामा गुरुङले १४२६ मत पाउँदा एमालेकी पद्मा अर्यालको १०३ मत पाएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार