मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई होटेलमा मृत भेटिए

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिएका छन् । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएका हुन् । नेपाल पत्रकार महासंघ सर्लाही शाखाले शनिबार आयोजना गरेको ११ औं साधारण सभामा सहभागी हुन उनी शुक्रबार लालबन्दी पुगेका थिए ।

राति खाना खाएर कोठामा पुगेका उनी शनिबार बिहान ओछ्यानमा मृत फेला हुन् । पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष समेत रहेका भट्टराईले ओछ्यानमा बान्ता गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनले खाने औषधी छरपस्ट अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। कोठामा उनले वान्ता गरेको पाइएको छ । उनको हातमा र कोठामा औषधि भेटिएको छ। उनी मधुमेह, उच्च रक्तचापका बिरामी थिए।
भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत थिए।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार