माओवादी केन्द्रको पदाधिकारी बैठक बस्‍दै

 

नेकपा माओवादी केन्द्रले चुनावी समीक्षा गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै माओवादीले चुनावी समीक्षा गर्ने भएको हो ।

त्यसका लागि कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक आज दिँउसो ३ बजे बस्ने सचिव गणेश साहले जानकारी दिए ।

बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुनेछ ।

पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार