धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

घटनामा ९ जना घाइते

धनुषाको बिरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इटहरीबाट महोत्तरी पिपरा गाउँपालिकाको गमहरिया फर्कने क्रममा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको गाडी पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको बिरेन्द्रबजारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

धनुषाका एसपी बसन्त रजौरेका अनुसार मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह छन् । अरुको सनाखत हुन बाँकी छ ।

घटनामा ९ जना घाइते भएका छन्। घाइतेहरुलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार