नुवाकोटमा नालीमा डुबेका युवकको मृत्यु

नुवाकोटको पञ्चकन्यामा नालीमा डुबेको अवस्थामा उद्धार गरिएका स्थानीय युवकको ज्यान गएको छ ।

जिल्लाको पन्चकन्या गाउँपालिका–३ का ३५ वर्षीय युवक सरोज लामालाई स्थानीय नालीमा डुबेको अवस्थामा उद्धार गरिएकोमा उनको घर पुर्‍याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  नुवाकोटले जनाएको छ ।

घरभन्दा केही दूरीमा रहेको खानेपानी धारा नजिकको नालीमा टाउको घोप्टिएको अवस्थामा सरोजको उद्धार गरिएको थियो। उनी गाउँघरमा प्लम्बरको काम गर्दै आएका थिए ।

नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक रूपक खड्काको भनाइ छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार