वर्तमान निर्वाचन कानूनलाई परिवर्तन गर्न आवश्यक छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वर्तमान निर्वाचन कानूनसंग सन्तुष्ट नरहेको बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले शुक्रबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा थपलियाले अव नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्थापन गर्ने तयारीमा आयोग जुटेको समेत बताए । प्रतिनिधिसभा र प्रदेशसभा सम्बन्धी कानून एकै ठाउमा राखेर बनाउने उनको भनाई छ ।

उनाले स्थानीय निर्वाचनको अनुभवलाई मध्यनजर गर्दै अहिलेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा नै अनुगमन समिति बनाइएको र प्रभावकारी पाइएको दावी गरे । नेपालमा अहिलेको निर्वाचनले दलहरु र उम्मेदवारमा उच्च राजनीतिक संस्कार बिकास भएको र यसलाई आगामी दिनमा स्थापीत गर्नुपर्ने उनाले बताए । थपलियाले निर्वाचनमा राजनीतिक दलहरु समावेशीको मुद्धामा भने कमजोर देखिएको र आगामी दिनमा समावेशीताको बिषयलाई ध्यान दिन आवश्यक रहेको जिकिर गरे ।

उनले निर्वाचन आयोगको नेतृत्वमा निर्वाचन भएपनि सवै सरोकारवालाहरुको सहयोगमा नै निर्वाचन सफलताका साथ सम्पन्न भएको उल्लेख गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार