सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सुनको भाउ आज एक हजारले बढेको छ। बिहेको सिजन लागेसँगै सुन दिन प्रति दिन बढ्दै गइरहेको हो।

आज छापावाला सुनको मूल्य प्रति तोला एक हजारले बढेर ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुन ९८ हजार ६ सयमा कारोबार भइरहेको छ।

बिहिबार छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९८ हजार १ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर ९७ हजार ६ रुपैयाँमा कारोबार भएको थियो। तीन दिनमा सुन १७ सय रुपैयाँले बढेको छ।

चाँदीको आज मूल्य प्रति तोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार