चेतन ऐडी हत्यारा सार्वजनिक गर्न माग गर्दै अनेरास्ववियुको प्रर्दशन

काठमाडौँ-  अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीको हत्या विरोधमा अनेरास्ववियु रत्नराज्य लक्ष्मी क्याम्पस कमिटीले कालो ब्यानरसहित प्रर्दशन गरेको छ ।

४ मंसिर राति भएको हत्याको विरोधमा उनीहरूले आज प्रर्दशनीमार्गमा विरोध जुलुस निकालेका हुन् । उनीहरूले ऐडीको हत्यारालाई सार्वजनिक गर्न तथा कार्वाहीको माग गरेका छन् ।

४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानका दिन बाजुरामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ऐडीको घटनास्थलमै निधन भएको आरोप छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार