प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता

'सरकार निमार्णमा सहकार्य गर्ने सहमति'

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार दिउँसोनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा निर्वाचनको परिणाम र आगामी रणनीतिको विषयमा समान्य छलफल भएको थियो । छलफलमा गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ । यसअघि बुधबारजनमत पार्टीका अध्यक्ष राउत र काँग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो ।

यसपटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार