त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान तथा अवतरण प्रभावित

काठमाडौँ – बिहिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थको उडान तथा अवतरण प्रभावित भएको छ । बिहान ११ बजेदेखी नागरिक उड्डयन प्राधिकरणले क्यालिब्र्रेसन उडान सञ्चालन गरेको थियो । मध्यान्ह १ बजे क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान सम्पन्न भइसकेको छ ।

क्यालिब्रेशनका कारण आधा घण्टादेखि ४५ मिनेटसम्म उडान र अवतरण प्रभावित हुन पुगेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए । उडान अवधिभर विमानस्थल प्रभावित भएको थियो । ‘विहान मौसमका कारण उडान, अवतरण प्रभावित भयो’ प्रवक्ता सिटौला भन्छन्– ‘केही उडान ४५ मिनेटसम्म प्रभावित भएका छन् ।’

थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले क्यालिब्रेसन उडान सम्पन्न गरेको छ । क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडिन उपकरणले काम गरे नगरेको परीक्षण गर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार