बालेनविरुद्धको नाराबाजीमा प्रयोग गरिएका शब्दप्रति मधेस आयोगको आपत्ति

काठमाडौं । मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

आयोगकी उपसचिव सविता डंगोलले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘‘थापाथलीस्थित सुकुम्बासी जग्गासम्बन्धी महानगरको कार्यको विरोधको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिले सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने कार्य गरेको हुनाले निजलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नका लागि आदेशानुसार अनुरोध छ ।’

मंसिर १४ गते सामाजिक सञ्जालमा धेरै प्रचार भएको एक भिडियोमा मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको थियो । त्यस क्रममा मधेशी समुदायमाथि अपमानजनक शबक्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने काम भएको आयोगले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार