बाजुरामा मतगणना सुरु हुँदै

काठमाडौँ– बाजुरामा साढे ३ बजेबाट मतगणना सुरु हुने भएको छ । १० दिनदेखि रोकिएको मतगणना बिहीबार दिउँसो साढे ३ बजेबाट सुरु गर्ने निर्णय भएको हो ।

जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले डाकेको सर्वदलीय बैठकमा साढे ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको हो ।यसअघि बुधबार नै मतगणना गर्ने तयारी थालिएको थियो । यद्यपि नेकपा एमालेका प्रतिनिधि सर्वदलीय बैठकमा नआएपछि मतगणना अनिश्चित बनेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार