सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी, कुसियैत झिनो मतले पराजित

विराटनगर । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए । दुईजनाबीचको मतान्तर ११२ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार