समानुपातिकमा एमालेको अग्रता बढ्दै, एसले पुरा गर्ला त थ्रेसहोल्ड ?

'राप्रपा भन्दा रास्वपा अगाडी, सीकेको जनमत पनि बन्यो राष्ट्रिय पार्टी'

काठमाडौं – आम निर्वाचनको समानुपातिकतर्फ एक करोड २ लाख २२ हजार २२२ गणना सकिँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

एमालेले हालसम्म २७ लाख २८ हजार ३०५ मत प्राप्त गरेको छ । दोस्रोमा लम्किँदै गरेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत ल्याएको छ । यी दुई दलबीचको मतान्तर एक लाख ३१ हजार ८८२ छ ।

११ लाख ५४ हजार ५९१ मत ल्याएर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ६ हजार ९१ मतका साथ चौथो स्थानमा रहेको छ ।

५ लाख ८० हजार ४३४ मत ल्याएर राप्रपा पाँचौं, ४ लाख १२ हजार ८५८ मतका साथ जसपा छैटौं, ३ लाख ८१ हजार ४२४ मत ल्याएर सीके राउतको जनमत पार्टी सातौं स्थानमा छन् ।

नेकपा एकीकृत समाजवादी भने राष्ट्रिय पार्टीका लागि संघर्ष गरिरहेको छ । नेकपा एस जनमतभन्दा पछाडि छ । अहिलेसम्म उसले २ लाख ९२ हजार १५८ मत पाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार