साउदीविरुद्ध जित निकाले पनि मेक्सिको बाहिरियो

काठमाडौँ – विश्वकप फुटबलमा मेक्सिकोले साउदी अरेबियामाथि २–१ को जित निकालेको छ। कतारका लुसाइल स्टेडियममा गए राति खेलको ४७ औँ मिनेटमा हेनरी मार्टिनले र ५२ औँ मिनेटमा लुईस चाभेजले गोल गरेका दिए।

खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरे। साउदीमाथि २–१ को जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ। समूह ‘सी’ को मेक्सिको ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो। साउदी ३ अंक जोडेर पुछारमा रह्यो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार