सुनसरी-४ मा एमालेका कुसियैतको अग्रता, पछि परे मन्त्री कार्की

सुनसरी क्षेत्र नम्बर-४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई झिनो मतले पछाडि पारेका छन् ।

पछिल्लो मतपरिणाम नेपाली कांग्रेसका उम्मेदवार कार्कीलाई एमालेका उम्मेदवार कुसियैतले ८२ मतान्तरले पछि पारेका हुन् । जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ७९४ मत पाउँदा कार्कीले २९ हजार ७१२ मत ल्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार