सेयर बजारमा ३.५१ अंकको गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको छ । बुधबार ३.५१ अंकले गिरावट हुँदै १९४९.८५ अंकमा कारोबार बन्द भएको हो । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.२२ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार २३ लाख ५५ हजारभन्दा बढीको सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । १९४ कम्पनीको सेयर कारोबार हुँदा ६४ कम्पनीको मूल्य बढेको छ भने १२४ कम्पनी घाटामा गएका छन् । साथै, ६ कम्पनी स्थरि रहेको नेप्सेले जनाएको छ ।

ग्रिन लाइफ हाइड्रोपावर ४.१७, खप्तड लघुवित्त वित्तिय संस्था ४ प्रतिशतले वृद्धि भएको र हिमालय डिस्टिलरी ४ करोड ७९ लाख ३४ हजार ४२३ रुपैयाको कारोबार भएको र नबिल बैंकमा भने ४ करोड १५ लाख ३ हजार ९१५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार माइक्रो फाइनान्स र ट्रेडिङ इन्डेक्समा वृद्धि भएको छ भने अन्य उपसुचकहरू ओरालो लागेको नेप्सेले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार