एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाउने यस्तो छ गठबन्धको योजना

काठमाडौँ – माओवादी केन्द्रका नेता हिमाल शर्माले एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाउन बाँकी मतदान केन्द्रमा कलम चिह्नमा मतदान गर्नुंपर्ने बताएका छन् । नेता शर्माले बिहीबार सामाजिक सञ्जालमार्फत सो धारणा अघि सारेका हुन् ।

उनले लेखेका छन्, ‘गठवन्धनीय दलहरुलाई मेरो एउटा सानो प्रस्तावः पहिलो कुरा अबको बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौ । थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिन्हमा मतदान गरेर नेकपा ९एकीकृत समाजवादी० लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौं ।’

यदि एकीकृत समाजवादीले बाँकी गणनामा दुई लाख ९५ हजार मत ल्याएमा र दोलखाको बाँकी १० मतदान केन्द्रमा कांग्रेस, माओवादीले पनि कलम चिन्हमा मत खसाले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने र कम्तीमा चार सांसद पाउने सम्भावना भने अझै बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार