सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

मंगलबार तोलामा ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ९७ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा ९७ हजार १ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी तोलामा पाँच रुपैयाँले बढेर १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार