अर्जेन्टिनाको उपाधि भोक र ‘अधुरा’ मेस्सी

अर्जेन्टिना र नेदरल्यान्ड्समध्ये कस्ले मार्ला बाजी ?

काठमाडौँ –कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शुक्रबार राति ८स्४५ मा सुरु हुँदैछ।दोस्रो क्वाटरफाइनलमामा आजै अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२: ४५ बजे सुरु हुनेछ। आजकाे खेल जित्दै सेमिफाइनलमा स्थान बनाउने चाहना सबै टाेलीकाे छ ।

यता हरेक विश्वकपमा अर्जेन्टिना उपाधिको दाबेदार टोली हो। अझ मेसीले खेल्न थालेयता अर्जेन्टिनामाथी विश्व फुटबलको नजर पर्ने गर्दछ। मेसीले आफ्नो खेलाडी जिवनमा सबै कुरा पाए, मात्र सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्न सकेका छैनन्।

दुवै खेलाडी पाँच र पाँच पटक फिफा वर्ष खेलाडी घोषित भएका छन्। दुवैले युरोपियन च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका छन्। दुवैको नाममा थुप्रै घरेलु लिगका उपाधि छन्। तर पछिल्ला केही वर्ष रोनाल्डो मेसीमाथी हावी छन्। सन् २०१६ को युरोकप जितेपछि सफलताको हिसाबले रोनाल्डो मेसीभन्दा केही अगाडि छन्। त्यसमा पनि उनले युरोपियन च्याम्पियन्स लिगका पछिल्ला पाँचमध्ये चार स‌ंस्करण जितेका छन्, पछिल्ला पाँचमध्ये चार फिफा वर्ष खेलाडी अवार्ड जितेका छन्।

अर्जेन्टिनाले सन् १९९३ यता सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको छैन। अझ सन् १९८६ यता विश्वकपको उपाधिबिहिन छ। अर्जेन्टिना सन् १९९० को विश्वकपमा पनि फाइनल पुगेको थियो तर तत्कालिन पश्चिम जर्मनीसँग पराजित भएको थियो। ती दुवै प्रतियोगितामा म्याराडोना चर्चाको शिखरमा थिए।

तर सन् १९९० पछि २४ वर्षसम्म अर्जेन्टिना विश्वकपको फाइनल पुग्न सकेको थिएन। अर्जेन्टिना र मेसी दुवैलाई यसपटक विश्वकप उपाधि जित्ने राम्रो अवसर छ। मेसीलाई भने उमेरका हिसाबले यो सम्भवत अन्तिम अवसर हुने छ।

अर्जेन्टिना फिफा वरियतामा पहिलो पटक सन् २००७ मा पहिलो स्थानमा पुगेको थियो र त्यसयता पटक पटक यो सफलता हात पारिसकेको छ। हाल वरियतामा पाँचौं स्थानमा रहेको अर्जेन्टिनाले आगामी विश्वकपका लागि टोली घोषणा गरिसकेको छ। टोलीको बेन्च कम अनुभवी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार