रवि लामिछानेले गरे काठमाडौंको-३ बाट मतदान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले आज बिहान काठमाडौंको क्षेत्र नम्बर ३ महाकालमा मतदान गरेका हुन् ।

मतदान लगत्तै उनी चितवन लागेका छन् । उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार