प्रधानमन्त्री देउवाद्वारा कलाक्षेत्रको समस्याबारे चासो, बालुवाटारमा छलफल

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कलाक्षेत्रको समस्याबारे चासो लिएका छन् । यसबारे चासो लिँदै प्रधानमन्त्रीले बालुवाटारमा सरोकारवालासँग छलफल गरेका हुन् ।  सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा (देउवा) को पनि सहभागिता रहेको थियो ।

पछिल्लो पुस्ताका कलाकर्मीहरूसँग भेटघाट गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुले चलचित्र र संगीतसहित समग्र कला क्षेत्रको बारेमा गम्भीर चासो र चिन्ता व्यक्त गरेका हुन् ।

सो क्रममा प्रधानमन्त्रीले कला क्षेत्रबारे सरकारीस्तरबाट हुनसक्ने कार्यमा आफ्नो साथ र सहयोगबारे प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार