सार्वजनिक सवारी सञ्चालकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा भयो : बालेन शाह

काठमाडौं – सडक सुरक्षाका लागि काठमाडौंको सार्वजनिक यातायात प्रणालीलाई भर पर्दो बनाउनुपर्ने र यसका लागि वहुपक्षीय जिम्मेवारी पूरा हुनु पर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले बताएका छन्। सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले आयोजना गरेको कार्यशालाको शुभारम्भ गर्दै प्रमुख साहले सो कुरा बताएका हुन्।

ठूला २ सय सार्वजनिक सवारीले पुग्ने काठमाडौंको चक्रपथमा २ हजार सवारी गुड्छन्। जति धेरै यात्री राख्न सक्यो उत्ति नै आय आर्जन हुन्छ। यस कारण सार्वजनिक सवारी सञ्चालकहरुविच अस्वस्थ्य प्रतिस्पर्धा भयो।

सडक असुरक्षाका कारणमध्ये यो अवस्था पनि एउटा भएको उनको भनाइ छ। यसलाई पिक एण्ड ड्रपको माध्यमबाट जसले जति यात्री बोके पनि आयमा असर नपर्ने वातावरण सिर्जना गर्नुपर्छ। यसो गर्न सकेमा अनियन्त्रित गतिमा गुड्ने सवारीको गतिमा नियन्त्रण हुन्छ र दुर्घटनामा कमी आउने उनको भनाइ थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार