नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौं – नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । नेपाल र बंगलादेशले सन् २०२७ मा हुने यू – १९ महिला टि२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू-१९ आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ ।

जसमा नेपाल र बंगलादेश मिलेर यू–१९ महिला टि२० विश्वकप आयोजना गर्ने भएका हुन् । २०२४ को यू–१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्नेछन् । २०२७ को यु-१९ महिला टि२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्नेछन् ।

नेपालले पहिलो पटक कुनैपनि विश्वकप आयोजना गर्नेछ । यसअघि नेपालले कुनैपनि विश्वकप आयोजना गरेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार