इंग्ल्याण्ड र पाकिस्तानबीचको खेल : पानी पर्ने सम्भावना उच्च

काठमाडौं । टी–२० विश्वकपको फाइनल खेल आज अष्ट्रेलियाको मेलबर्नमा इंग्ल्याण्ड र पाकिस्तानबीच हुँदैछ । इंग्ल्याण्डको कप्तानी जोस बटलरले गर्दैछन् भने पाकिस्तानी टिमको कप्तानी बाबर आजमले गर्नेछन् । खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।

अष्ट्रेलियाको मौसम विभागका अनुसार यो खेलमा वर्षाको खतरा रहेको छ । मेलबर्नमा आइतबार पानी पर्ने शतप्रतिशत सम्भावना छ। हावाको गति पनि ३५ किलोमिटर प्रतिघण्टाभन्दा बढी हुन सक्छ।

पिचको बारेमा कुरा गर्दा एमसीजीको पिच अर्थात् मेलबर्न क्रिकेट मैदानले बलरहरूलाई मद्दत गर्न सक्छ। ब्याट्सम्यानले ठूला शट खेल्न पिचमा समय बिताउनुपर्छ। स्विङले मैदानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यो मैदान ठूलो छ, त्यसैले सिंगल्स र डबल्सले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार