पश्चिम नेपालमा शक्तिशाली भूकम्प, दिल्लीसम्म धक्का महसुस

 मंगलबारदेखि सुदुरपश्चिममा निरन्तर भुकम्प

पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो ।  कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

यस्तै भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस भएको छ । भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसी हिन्दीले सो भूकम्प झन्डै ५० सेकेन्डसम्म महसुस भएको लेखेको छ ।

मंगलबार देखि सुदुरपश्चिममा निरन्तर भुकम्पकाे धक्का महसुस भइरहेकाे छ। यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए । त्यसमध्ये एक ६.६ म्याग्निच्युडको रहेको छ । भूकम्पमा मानवीय क्षति समेत भएको थियो ।

भूकम्पपछि बिभिन्न स्थानमा स्थानियहरू खुल्ला ठाउँमा आँगो बालेर बसेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार