पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

बेलुकी ८ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। सुदूरपश्चिमको बझाङ, डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डाेटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

यसबारे थप विवरण आउन बाँकी छ। मंगलबार देखि सुदुरपश्चिममा निरन्तर भुकम्पकाे धक्का महसुस भइरहेकाे छ।

बझाङकाे सदरमुकाम चैनपुर लगाएतका स्थानियहरू खुल्ला ठाउँमा आँगाे बालेर बसेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार