घट्दै कोरोना संक्रमण, जोखिम भने कायमै

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ७ सय ३१ पिसिआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार