सानिमा बैंकको नयाँ शाखा सितापाइलामा

सानिमा बैंक लिमिटेडले काठमाण्डौको सितापाइलामा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्षी तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यूले संयुक्त रुपमा गरे ।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताएका थिए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत पाण्डेद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२२ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार