आइएमई लिमिटेडले आइपीओ ल्याउने

आइएमई ग्रुपको आइएमई लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमईले आइपीओ जारी गर्ने विशेष प्रस्तावसहित आगामी २२ औं साधारण सभा डाकेको छ। सभा आउँदो मंसिर १६ गते लाजिम्पाटको होटल ले हिमालयमा हुँदैछ।

कम्पनीको साधारणसभा मंसिर १६ गते बस्ने भएको छ । सभामा गत वर्ष गरेको नाफाबाट बोनस सेयर वितरण गरेर चुक्तापुँजी बढाउने र त्यसपछि आईपीओ निष्कासन गर्ने योजना कम्पनीको छ । सभाबाट पारित भएपछि आईपीओ निष्कासको बाटो खुल्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर वितरण गरिने छ।

कम्पनीको अध्यक्ष उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल छन्। रेमिटेन्स समाधान प्रदायकहरू मध्येको अग्रगामी सो कम्पनी स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार